Emblem_of_Nepal
नेपाल सरकार

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना

परियोजना कार्यान्वयन इकाई सुर्खेत
ताजा जानकारी ::

सेवा करार -अन्तिम नतिजा

कार्यक्रम कार्यान्वयनको लागी सम्झौता गर्न आउने वारेको सूचना 

Knowledge Center संचालनको लागि विज्ञ (सेवा करार) मा  लिने सम्वन्धि अन्तरवार्ताको सूचना ।

परियोजना कार्यान्वयन म्यानुअल 

पृष्ठभूमि/परिचय

स्वदेशि सोच, स्वदेशि लगानी र आन्तरिक जनशक्ति बाट तयार गरिएको यस प्रधानमन्त्री कृषी आधुनिक परियोजना आ.व.२०७३/७४ देखी देशका विभिन्न जिल्लामा पकेट, ब्लक, जोन, सुपरजोन आदि संभाग मार्फत लागु हुँदै आएको छ।यो परियोजना २० बर्षे कृषी बिकास रणनीति कार्यान्वयनका लागी सहयोगी परियोजनाको रुपमा रहेको छ। यस परियोजनाको मुख्य उदेश्य प्रमुख कृषी उपजहरूको विशिष्टिकृत क्षेत्रहरुको निर्माण गर्ने, निर्यातयोग्य कृषी वस्तुहरूको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बढाउने, कृषीलाई सम्मानजनक नाफामुखी व्यबसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरू सिर्जना गर्ने तथा बहु सरोकारवाला निकायहरू विचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने रहेको छ। सुर्खेत जिल्ला कृषी उत्पादनको दृष्टिकोणले महत्वपुर्ण जिल्लाको रुपमा रहदैँ आएको छ। यस जिल्लाको निकासि योग्य बालिहरु मध्ये अदुवा, बेसार बाली महत्वपुर्ण बालिको रुपमा रहेको छ। विगत वर्षहरु देखी यस जिल्लाबाट अदुवा/बेसार स्वदेश तथा विदेशका बजारहरूमा पनी निकासी हुँदै आएको छ। कृषी विकास मन्त्रालयले परियोजनाको सुरुवाती वर्ष आ.व.२०७३/७४ देखी नै अदुवा बेसार बालीमा यस जिल्लामा व्याबसायिक कृषी उत्पादन तथा प्रसोधन केन्द्र (जोन) बिकास कार्यक्रम संचालन गर्दै आएको छ। साथै आ.व.२०७६/७७ देखी तरकारी जोन क्षेत्र (पन्चपुरि न.पा., बराहताल गाँउपालिका र चौकुने गाँउपालिकाका विभिन्न वडाहरू) थप गरी कृषकहरूको आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरू थप गर्दै आएको छ।

Read more